बाजुर । बाजुराको बडिमालिका नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–१, सल्याना गाउँ बस्ने कित्तु कार्कीकी १४ वर्षीया छोरी भावना कार्की रहेकी छन् ।
प्रहरीका अनुसार आइतबार राति स्थानीय पोखरीमा नुहाउने क्रममा डुबेर उनी गम्भीर अशक्त भएकी थिइन् । पोखरीमा डुबेको अवस्थामा उद्धार गरी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मार्तडी पु¥याइएको थियो ।
अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको स्थानीय प्रशासनले बताएको छ ।