काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले ले दार्चुलामा भारतीय हेलिकोप्टर अवतरण भएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमा र राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील घटनामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। साथै, घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।दुलालले भारतीय सेनाको हेलिकोप्टर दार्चुला क्षेत्रमा अवतरण भएको भन्ने समाचारप्रति ध्यानाकर्षण गराउँदै त्यसमा उच्च सुरक्षा अधिकारी सवार रहेको भनिएको विषयमा समेत सरकारसँग स्पष्टिकरण माग गरे। उनले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले रुलिङ गर्नुपर्ने मागसमेत राखे। सांसद दुलालका अनुसार यस्ता संवेदनशील विषयमा सरकार मौन बस्न नहुने र प्रधानमन्त्री स्वयंले संसद्मा आएर स्पष्टिकरण दिनुपर्ने आवश्यकता रहेको छ।