काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
उपमेयर डंगोल कार्यवाहक मेयर भएपछि आज पहिलो पटक नीति तथा कार्यक्रम पेश गरिको हो ।
नीति तथा कार्यक्रममा शहरी पूर्वाधार, सुशासन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सेवा प्रवाहलाई प्राथमिकता दिइएको महानगरपालिकाले जनाएको छ।