काठमाडौँ । लगातारको वर्षा, पहिरोको जोखिम र सडक स्तरोन्नतिका कारण देशका विभिन्न महत्त्वपूर्ण राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरी दिएको पछिल्लो जानकारी विभिन्न कारण देशका ५ राजमार्ग पूर्ण तथा आंशिक रुपम बन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको पछिल्लो जानकारी अनुसार बिपि राजमार्ग ९रात्रिकालीन यातायात बन्द०, कुलेखानी–फाखेल–फर्पिङ सडक ९१ महिनाका लागि बन्द०, सतुङ्गल–चित्लाङ सडक खण्ड ९१ महिनाका लागि बन्द०, थानकोट–चित्लाङ सडक ९निर्माण कार्यका कारण अवरोध० मध्यपहाडी लोकमार्ग ९लमजुङमा पहिरो० का कारण बन्द रहेको जनाएको छ । प्रहरी तथा प्रशासनले यी राजमार्ग भएर यात्रा गर्ने यात्रीका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
