काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे बस्न लागेको हो ।
समसामयिक विषयमा छलफल गर्ने गरी प्रधानमन्त्रीले नियमित बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।