काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारका विभिन्न मन्त्रालय र संवैधानिक निकायहरूको कामकारबाहीलाई सूक्ष्म रूपमा अध्ययन र सहजीकरण गर्न छुट्टाछुट्टै उपसमितिहरू गठन गर्नेलगायतका चार निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्मका कामकारबाहीको सहजीकरण गर्नेलगायतका निर्णय गरेको हो ।
समितिले समितिको कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू बनाएको छ ।


