काठमाडौँ। रोल्पाको माडी गाउँपालिका–१ पात्लेस्थित बल्ले–झिनुवाभित्री सडकमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सल्यानको बागचौर नगरपालिका–४ दुदिलाबोट निवासी ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको दुर्घटनामा परी मृत्यु भएको हो। बल्लेखोलाबाट आलु लिएर पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रकका चालक घाइते भएका छन् भने उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।