काठमाडौं । आज (बिहीबार) देखि देशभर लगातार ४ दिन सार्वजनिक बिदा हुने भएकाे छ ।
सरकारले बकर इद पर्वकाे अवसरमा सार्वजनिक बिदा दिएसँगै आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको हाे ।
गृह मन्त्रालयको निर्णय र पूर्व निर्धारित सार्वजनिक बिदाको सूचीअनुसार आज बिहीबारदेखि आगामी आइतबारसम्म देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहने भएका हुन् ।
सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद-उल-अज्हा) अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गरी आज (जेठ १४) बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
त्यस्तै, भोलि १५ जेठमा गणतन्त्र दिवस मनाइँदै छ ।
गणतन्त्र दिवसका लागि पनि सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
त्यसैगरी, १६ जेठमा शनिबार र १७ जेठमा आइतबार नियमित सार्वजनिक बिदा परेको छ