काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा दोषी रहे नरहेको अनुसन्धान गरी पूर्व न्यायाधीश तथा जेन-जी आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिका संयोजक गौरीबहादुर कार्कीलाई कारबाही गर्न सिफारिस गरेको छ ।
मानवअधिकार आयोगले गौरीबहादुर कार्की सहितका व्यक्तिहरूले प्रदर्शन पूर्व, प्रदर्शनका दौरान र प्रदर्शन पश्चात् जेन-जी प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने सामाजिक सञ्जाल, समाचार र राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदनमा समेत देखिएको भन्दै थप अनुसन्धान आवश्यक रहेको औँल्याएको छ ।