काठमाडौं । वनमन्त्री गीता चौधरीले बाँदर नियन्त्रणका विषयमा जवाफ दिएकी छन् । बुधबार (जेठ १३) बसेको प्रतिनधिसभा बैठकमा उनले आकस्मिक, शून्य र विशेष समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिएकी हुन् ।
सरकारले ०८२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जंगली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको उनले बताइन् । त्यस्ता जंगली रातो बाँदरले निजी खेतीबारीमा क्षति पुर्याएमा धनीले धपाउन, पक्रन सक्ने व्यवस्था रहेको उनले उल्लेख गरिन् ।
यही जेठ ४ गते मन्त्रीस्तरीय निर्णयबाट उच्चस्तरीय कार्यदल गठन भई यससम्बन्धी कार्य अघि बढाइएको उनले जानकारी दिइन् । “एक उच्चस्तरीय कार्यदल ह्युमन वाल्डलाइफ कन्फिल्क्ट टाक्स फोर्स गठन भई काम अघि बढेको छ । यस टाक्स फोर्सले तीन महिनाभित्र अध्ययन गरी अल्पकालीन, मध्यकालीन, दीर्घकालीन समाधानको उपायबारेमा योजना पेस गर्नेछ,” उनले भनिन् ।
बाँदर आतंक समस्या पछिल्लो समय सदनमा निरन्तर उठाइएको छ ।