डोटी । गंगादशहराका अवसरमा डोटीको खप्तडमा खेलकुद र देउडाको रौनक बढेको छ । डोटी उद्योग वाणिज्य सङ्घ, खप्तड पर्यटन विकास तथा प्रवर्द्धन कार्यालय डोटी र डोटी जेसिसको आयोजनामा घोडा दौड कार्यक्रम सञ्चालन सम्पन्न भएको छ ।
मंगलबार गङ्गा दशहराको दिन त्रिवेणी धाममा स्नान ,घोडा दौड जस्ता कार्यक्रम सम्पन्न भएका छन् । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय क्षेत्रका रूपमा परिचित खप्तडमा विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको डोटी जेसिसका अध्यक्ष डिल्लीराज जोशीले जानकारी दिए ।
उनका अनुसार भलिबल, देउडा घोडा दौड कार्यक्रम सम्पन्न गर्दै खेलकुद र साँस्कृति मार्फत सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनधनमा जोड दिन खोजेको बताए । यस्ता कार्यक्रमले खप्तडलाई विश्व सामु चिनाउन थप मदत पुग्ने विश्वास गरिएको छ ।
खोडा दौड र भलिबल प्रतियोगिताका विजेतालाई पुरस्कार समेत प्रदान गरिएको थियोे । हरेक बर्ष गंगादशहराको उपलक्ष्यमा खप्तडमा ठूलो संख्यामा पर्यटनको बाक्लो भिड लाग्ने गरेको छ ।