काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएका स्वास्थ्य बीमा सेवामा कटौती गर्ने निर्णय गरेको छ ।
बोर्डको बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै आकस्मिक सेवा बाहेकका अन्य सबै बीमा सेवा अस्थायी रूपमा स्थगित गर्ने निर्णय बोर्डले गरेको हो । जेठ ११ गते बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले उक्त निर्णय गरेको बोर्डले जनाएको छ ।
निर्णयानुसार नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवा मिति २०८३ साल जेठ १६ गतेदेखि लागू हुने गरी स्थगित गरीने बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।