काठमाडौँ । सरकारले नेपाल बिमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । अर्थ मन्त्रालयले बुधबार बार एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।
अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले इच्छुक उम्मेदवारहरूलाई आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) बुझाउन आह्वान गरेको छ ।
इच्छुक र योग्य उम्मेदवारले यो सूचना प्रकाशित भएको मिति (जेठ १३ ) ले ७ दिनभित्र अर्थात् जेठ १९ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयको ‘वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा’ मा रहेको समितिको सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
प्रचलित कानुन बमोजिम आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरूले यस पदका लागि आवेदन दिन सक्नेछन् ।
प्राधिकरणमा अध्यक्ष पद रिक्त भएको लामो समयपछि सरकारले नयाँ नेतृत्व चयनको प्रक्रिया थालेको हो ।