काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मोबाइल एप ‘मोफा मित्र’को शुभारम्भ गरेका छन् ।
मंगलबार त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागको बैठक कक्षमा आयोजित एक कार्यक्रमबीच परराष्ट्रमन्त्री खनालले एपको शुभारम्भ गरेका हुन् ।
परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागद्वारा विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई अझ सहज, प्रभावकारी तथा प्रविधिमैत्री बनाउने उदेश्यले ‘मोफा मित्र’ एपको विकास गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।