काठमाडौँ। झापाको बाह्रदशी गाउँपालिकामा आएको भीषण हावाहुरी र वर्षाले केरा खेतीमा ठूलो क्षति पुर्याएको छ। विशेषगरी बाह्रदशी गाउँपालिका–७ बत्तीसबिघा क्षेत्रका व्यावसायिक केरा खेतीमा हावाहुरीले व्यापक नोक्सानी गरेको स्थानीयले बताएका छन्।
करिब ६० बिघा क्षेत्रफलमा लगाइएको केरा खेतीका बोटहरू हावाहुरीले ढालेर नष्ट गरेको जनाइएको छ। प्रारम्भिक अनुमानअनुसार यसबाट करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ। उत्पादन बजार पठाउने तयारी भइरहेका बेला खेती नष्ट भएपछि किसानहरू चिन्तित बनेका छन्। घटनापछि प्रमुख जिल्ला अधिकारीसहित गाउँपालिकाको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ।