काठमडौँ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विपक्षी दलका सांसदहरूले अवरोध गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले नाराबाजीसहित विरोध जनाएका हुन्।
विपक्षीको अवरोधका बीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक सञ्चालन गर्ने प्रयास गरेका थिए। उनले प्रधानमन्त्री छिट्टै सदनमा आउने जानकारी गराउँदै सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गरेका थिए। तर विपक्षी सांसदहरू पछि नहटेपछि केही समय बैठकको कार्यसूची अघि बढाइएको थियो।लगातारको अवरोधपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।