धनगढी । आन्तरिक राजस्व कार्यालय, धनगढीले लामो समयदेखि कर बक्यौता नबुझाउने ५३ वटा व्यावसायिक फर्म तथा करदाताहरूलाई १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न निर्देशन दिएको छ।
कार्यालयले सूचना प्रकाशन गर्दै पटक–पटक फोन, एसएमएस र पत्राचार गर्दा पनि कर नतिरेका र सम्पर्कमा समेत नआएका करदाताहरूको विवरण सार्वजनिक गरेको हो।
सूचना जारी भएको मिति (२०८३/०२/१२) ले १५ (पन्ध्र) दिनभित्र बक्यौता फरफारक नगरेमा मूल्य अभिवृद्धि कर (मू.अ. कर) ऐन, २०५२ र आयकर ऐन, २०५८ बमोजिम कडा कानुनी कारबाही अगाडि बढाइने कार्यालयले चेतावनी दिएको छ।
