काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसोपछि देशका पाँच प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेको छ। कोशी प्रदेशको झापा र मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही र धनुषा तथा आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ। त्यसैगरी बागमती प्रदेशको मकवानपुर र चितवन, गण्डकी प्रदेशको नवलपुर र तनहुँ तथा लुम्बिनी प्रदेशको रूपन्देही र आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।महाशाखाले दिउँसोपछि तीव्र हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।