काठमाडौँ । दिउँसोको समयमा चर्को घाम र तातो हावाका कारण सडकसमेत तात्न थालेपछि सर्वसाधारणको चहलपहल घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँको तापक्रम पछिल्ला दिनहरूमा करिब २८ डिग्री सेल्सियससम्म पुगेको छ। तापक्रम निरन्तर बढ्दै जाँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको विभागले जनाएको छ।