काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–५ मा आयोजित तीन दिने विशेषज्ञ न्यूरो थेरापी शिविर सम्पन्न भएको छ ।
गोकर्णेश्वर–५ को आयोजना तथा नेपाल न्यूरो थेरापी ट्रेनिङ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरको व्यवस्थापनमा सञ्चालन गरिएको शिविरमा ५५० भन्दा बढी सेवाग्राहीले करिब ९०० पटक सेवा लिएको सेन्टरका अध्यक्ष खेमराज नेपालले जानकारी दिएका छन्। शिविरमा भारतको डा. लाजपतराय मेहरा न्युरोथेरापी एकेडेमीका वरिष्ठ न्युरोथेरापिस्ट कमलेश चौहानको नेतृत्वमा १५ जना विशेषज्ञ डाक्टर तथा थेरापिस्टले सेवा प्रदान गरेका थिए। नगरपालिका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष नारायण सुवेदीका अनुसार शिविर प्रभावकारी भएको र भविष्यमा यस प्रकारका कार्यक्रमहरूलाई नगरपालिका स्तरमै विस्तार गरिने योजना रहेको छ। नेपाल न्यूरो थेरापी ट्रेनिङ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरले जाउलाखेल र चाबहिलमा पनि न्यूरो थेरापी सेवा सञ्चालन गर्दै आएको छ।