बुटवल । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम ल्याउँदै छ ।
प्रदेशसभाको दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सरकारको ‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेश सभामा प्रस्तुत गर्नेछन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको छ ।