काठमाडौं । ललितपुरबाट नक्कली नोटको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । महानरपालिका–१२ लगनखेल बसपार्क नजिकै बाट सिरहाको लहान नगरपालिका–१५ घर भएका १९ वर्षीय सुरज राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार उनीबाट ५ सय दरका ८ थान नक्कली नोट बरामद भएको छ ।