काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरज भक्त श्रेष्ठ ले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरण अन्तर्गत रहेको विद्युत् प्रणाली तथा सञ्चालन विभागको शनिबार साँझ निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले मुलुकको समग्र विद्युत् प्रणाली सञ्चालन, राष्ट्रिय ग्रिडको विद्युत् आपूर्ति व्यवस्थापन तथा छिमेकी मुलुकसँग भइरहेको अन्तरदेशीय विद्युत् खरिद–बिक्रीको अवस्थाबारे जानकारी लिएका थिए ।