काठमाडौं । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बलिउड अभिनेता सालमान खानको फ्यान रहेको चर्चा चुलिएको छ ।
प्रधानमन्त्री शाहले इन्स्टाग्राम अकाउन्टमा सलमान खानसँग सम्बन्धित पोस्ट रिपोस्ट भएको स्क्रिनसट सार्वजनिक भएपछि यो विषय अहिले चर्चामा आएको छ। प्रधानमन्त्री शाहको इन्स्टाग्रामको “रिपोस्ट” सेक्सनमा सलमान खानको भिडियो क्लिप देखिएको छ।
त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले स्क्रिनसट सेयर गर्दै शाहलाई “सलमानका फ्यान” भन्दै प्रतिक्रिया दिन थालेका हुन्।
राजनीतिमा आउनुअघि बालेन शाह र्यापर तथा इन्जिनियरका रूपमा परिचित थिए। युवामाझ उनको लोकप्रियता उच्च रहेकाले सामाजिक सञ्जालमा उनका गतिविधि बेला–बेलामा चर्चामा आउने गर्छन्।
