कास्की । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ।
सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने आदेश भएको छ ।
शुक्रबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई सदर गरेको हो।