काठमाडौँ । अष्ट्रेलियामा बस्दै आएका नेपाली युवा सरोज अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन्। ३० वर्षीय अर्यालले मे २० तारिख बिहान ५ः५० बजे सगरमाथाको चुचुरोमा पुगेर आफ्नो लामो समयदेखिको सपना पूरा गरेका हुन्।
जन्मदिनकै अवसरमा मे १९ तारिखमा शिखरमा पुग्ने लक्ष्य बनाएका उनले मौसम र यात्राको ढिलाइका कारण एक दिनपछि मात्रै चुचुरो टेक्न सफल भएका हुन्। जन्मदिनको सेरोफेरोमै उनले जीवनको विशेष उपलब्धि हासिल गरेका छन्। अर्यालका अनुसार सगरमाथामा नेपालीभन्दा विदेशी आरोहीहरूको संख्या बढी देख्दा उनलाई सधैं खट्किने गर्थ्यो। आफ्नै देशको गौरव आफैंले अनुभव गर्नुपर्छ भन्ने सोच र प्रेरणाले उनलाई सगरमाथाको यात्रासम्म डोर्याएको उनले बताएका छन्।