काठमाडौँ । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन्। प्रधानमन्त्रीलाई उपस्थित गराउन माग गर्दै विपक्षीले विरोध गरेपछि पहिलो बैठक स्थगित गरिएको थियो। तर दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधका बीच पनि बैठक सञ्चालन गरेका थिए। हाल पनि विपक्षी दलहरू संसद्भित्र नाराबाजी जारी राखिरहेका छन्।