काठमाडौँ । पूर्णिमा श्रेष्ठले छैठौँ पटक सगरमाथाको सफल आरोहण गरेकी छन्।
सतोरी एड्भेन्चरको टोलीसँगै उनले बुधबार सगरमाथा शिखरमा पुगेर यो उपलब्धि हासिल गरेकी हुन्। यसअघि २०२४ मा उनले दुई हप्ताको अवधिमा तीन पटक सगरमाथा आरोहण गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत नाम लेखाएकी थिइन्। श्रेष्ठले सन् २०२४ को मे महिनामा एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरेर ऐतिहासिक कीर्तिमान कायम गरेकी थिइन्, जसमा उनी पहिलो नेपाली महिला बनेकी थिइन्।