काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले बाँदर नियन्त्रणका विषयमा सरकार गम्भीर नभएको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाँदरले किसानको बाली नष्ट गर्दै जनजीवन प्रभावित बनाएको भन्दै समस्या समाधानमा सरकार तत्काल लाग्नुपर्ने बताए। उनले बाँदरका कारण धेरै मानिसले आफ्नो बसोबास र कृषि उत्पादन गुमाउनुपरेको उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक भएको धारणा राखे। सांसद राईले कानुनी वा अन्य उपायमार्फत बाँदर नियन्त्रण कसरी गर्ने भन्नेबारे सरकारले सात दिनभित्र स्पष्ट जवाफ दिनुपर्ने माग गरे। उनका अनुसार समयमै समाधान नभए सदनमा यस विषयले निरन्तर छलफल पाउनेछ र सरकारलाई दबाब बढ्नेछ।