काठमाडौँ । गोरखापत्र संस्थानमा महाप्रबन्धक नियुक्तिका लागि आवेदन खुला गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै प्रतिस्पर्धात्मक प्रक्रियामार्फत एक जना योग्य उम्मेदवार छनोट गरिने जनाएको हो।
मन्त्रालयका अनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले आगामी जेठ १८ गते सोमबार कार्यालय समयभित्र आवेदन बुझाइसक्नुपर्नेछ। दरखास्त फाराम, आवश्यक योग्यता, पेश गर्नुपर्ने कागजातलगायत विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ। तोकिएको म्यादभित्र सम्पूर्ण कागजातसहित आवेदन दिन मन्त्रालयले सम्बन्धित सबैलाई आग्रह गरेको छ।