काठमाडौँ । प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार दरखास्त आह्वान गरेको हो । यसैगरी गोरखापत्रको महाप्रबन्धकका लागि पनि दरखास्त आह्वान भएको छ । तीनवटै पदका लागि १८ जेठसम्म आवेदन दिन सकिनेछ ।
दरखास्तसम्बन्धी थप विवरण मन्त्रालयको बेवसाइटमा हेर्न सकिन्छ । सरकारले अध्यादेश ल्याएर पदाधिकारीहरूलाई पदमुक्त गरेपछि प्रेस काउन्सिल र पीएसबी नेतृत्वविहीन भएका थिए । गोरखापत्रको महाप्रबन्धकबाट भने लालबहादुर ऐरी कार्यकाल पूरा गरी बिदा भएका थिए ।
