काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दुई वटा संशोधन विधेयक दर्ता गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक २०८३ दर्ता गरेका हुन् । प्रधानमन्त्रीको हैसियतमा उनले निर्वाचनसम्बन्धी विधेयक दर्ता गराएका हुन् भने गृहमन्त्रीको हैसियतमा मतदाता नामावलीसम्बन्धी विधेयक दर्ता गरिएको हो । प्रधानमन्त्रीको तर्फबाट कानुन मन्त्री सोविता गौतमले बैठकमा उक्त विधेयक प्रस्तुत गरेकी थिइन् ।