काठमाडौँ । प्रधान न्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन्।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ खुवाएका हुन्। मंगलबार संसदीय सुनुवाइ समितिले शर्माको नाम प्रधान न्यायाधीशमा अनुमोदन गरेको थियो ।
शर्माले आज नै सर्वोच्च अदालत पुगेर पदभार ग्रहण समेत गर्नेछन् ।