काठमाडौं। कृष्णकुमार कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे प्रतिनिधि सभामा प्रश्न उठेको छ।
आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद पार्वती विकले उक्त विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन्।
उनले भनिन्, ‘एकजना सत्तापक्षका सांसदले विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा यत्रतत्र सर्वत्र छ। यो कुराले असाध्यै पीडादायी अवस्था सिर्जना गरेको छ।’
सांसद विकले घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमाथि समेत असर पर्ने टिप्पणी गरिन्।