काठमाडौँ । निस्कल राई ले गत वर्ष इलाम मा गएको विनाशकारी बाढीपहिरोको पुनर्निर्माणका लागि सरकारले न्यून बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक ठूलो रकमको तुलनामा अत्यन्तै कम बजेट छुट्याएको बताए। उनका अनुसार करिब ११ अर्ब ८१ करोड रुपैयाँ लागत अनुमान भए पनि सरकारले हालसम्म केवल ५ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ। सांसद राईले विपद् प्रभावित परिवारहरूको सुरक्षित आवास, पुनर्स्थापना तथा पूर्वतयारीका कार्यहरू तत्काल अघि बढाउन सरकारसँग माग गरे। उनले आगामी विपद् मौसम सुरु हुन लागेकाले राहत तथा पुनर्निर्माण कार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।