काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्क साम्पाङले पर्चा देखाएका छन्।
उनले विरोध स्वरूप पर्चा देखाएका हुन्। प्रतिनिधि सभाको बैठक सुरू हुनेबित्तिकै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले उठेर पर्चा देखाएका थिए।
साम्पाङले नियम १५ को ३ अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूलाई जबाफदेही बनाउन माग गरेका थिए। उनले सदनदेखि भाग्न नमिल्ने लेखिएको पर्चा प्रदर्शन गरेका थिए।
सभामुख डिपी अर्यालले आफ्नो ध्यानाकर्षण भएको र सचिवालयमा कुरा गर्छु भनेपछि साम्पाङ बसेका थिए। प्रतिनिधि सभा बैठक अहिले जारी छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले रोस्टम घेराउ गर्दै पर्चा देखाएका थिए।