काठमाडौँ । बानेश्वरस्थित सिभिल अस्पताल मा बिहानैदेखि बिरामी तथा सेवाग्राहीको भीड बढेको छ। ओपीडी टिकट लिन सेवाग्राहीहरू लामो लाइनमा बस्न बाध्य छन्। यस्तो अवस्था देख्दा ‘अब लाइन होइन, अनलाइन’ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी को नारा व्यवहारमा कहिलेदेखि लागू होला भन्ने प्रश्न उठ्न थालेको छ।