काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले पद बहाली गरेको ५१ दिनको अवधिमा नीतिगत र कानुनी सुधारका क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताएकी छिन्।
नेपाल सरकारको १०० बुँदे कार्यसूची बमोजिम मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित प्रमुख १५ बुँदाहरू पहिचान गरी २८ कार्यको जिम्मेवारी बाँडफाँड गरिएकोमा १५ वटा कार्य सम्पन्न भइसकेको उनले जानकारी दिएकी हुन् ।
मन्त्री बादीले सोमबार आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयले नीतिगत जग बसाल्नुका साथै नागरिकका दैनिक समस्या समाधानमा उच्च सक्रियता देखाएको उल्लेख गरेकी छिन् ।