काठमाडौँ । विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ। जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो निर्णय भएको हो। यससँगै नेपालले अन्तर्राष्ट्रिय स्वास्थ्य नीतिनिर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका पाउने भएको छ। महासभाको सोही सत्रमा नेपालका तर्फबाट मन्त्री निशा मेहता ले पनि वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।