काठमाडौँ । बिहार बाट जोखिमपूर्ण अवस्थामा रहेका ६ जना नेपाली बालबालिकाको उद्धार गरिएको छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावास र किन इन्डिया को समन्वयमा बालबालिकाको उद्धार गरिएको हो। संस्थाका कार्यकारी निर्देशक नविन जोशी का अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काउने तयारी भइरहेको छ। उद्धार गरिएका बालबालिकामध्ये चार जना कोशी प्रदेशका रहेको बताइएको छ। परामर्श तथा संरक्षणको प्रक्रिया पूरा भएपछि उनीहरूलाई मोरङ पठाइने तयारी गरिएको छ। बालबालिका फरक–फरक घटनामार्फत भारत पुगेको जनाइएको छ। घटनाबारे थप विवरण आवश्यक अनुसन्धान र परामर्शपछि सार्वजनिक गरिने बताइएको छ।