काडमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार ले संसदीय पत्रकारहरूले भोग्नुपरेको कठिनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रिपोर्टिङमा खटिएका पत्रकारहरूलाई आधारभूत सुविधा समेत उपलब्ध नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनका अनुसार तिर्खा लाग्दा पानी पिउन र आवश्यक पर्दा शौचालय प्रयोग गर्न पाउने न्यूनतम व्यवस्था समेत सुनिश्चित हुनुपर्ने अवस्था छ। सांसद सुनारले संसद भवन बाहिर पत्रकारहरूले पानी परे क्यामेरा जोगाउन र घाम लागे टाउको ढाक्न संघर्ष गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो स्थिति अन्तर्राष्ट्रिय स्तरमा समेत लाजमर्दो भएको बताए। उनले पत्रकारहरूको सहज काम गर्ने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।