काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल ले सोती लोकमार्ग सडक निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भारतसँग जोडिने दक्षिणी भागदेखि चीनको नाग्लाकोट नाकासम्म पुग्ने ३५९ किलोमिटर लामो यो सडक १६ वर्षअघि सुरु भए पनि हालसम्म करिब ५ प्रतिशत मात्रै प्रगति भएको बताए। उनका अनुसार सुरुमा ३२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ढिलाइका कारण अहिले बढेर करिब ५२ अर्ब रुपैयाँ पुगेको छ। सांसद खनालले यो सडक पूरा भएमा सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रहरू—रामारोसन र खप्तड–सम्म पुग्न सहज हुने र त्रिपक्षीय व्यापार पनि बढ्ने बताए। उनले समग्र सुदूरपश्चिमको आर्थिक गतिविधि यसले बढाउने विश्वास व्यक्त गरे।