काठमाडौं ।कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान पुनः सुरु गर्ने भएको छ ।
पश्चिम एसियामा भएको युद्धका कारण रोकिएको उडान अब सातामा दुई दिन सञ्चालन हुने एयरवेजले जनाएको छ ।
एयरवेजका अनुसार मंगलबार र बिहीबार नियमित उडान हुनेछ । सार्वजनिक गरिएको भाडादर अनुसार काठमाडौं–कुवेत रुटको न्यूनतम एकतर्फी भाडा ९११ अमेरिकी डलर तोकिएको छ ।
कुवेत नेपाली कामदारको प्रमुख गन्तव्यमध्ये एक भएकाले उडान पुनः सुरु हुँदा यात्रु आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ ।