काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले जनताको भरोसा नै हाम्रो पहिचान भएको बताएका छन्।
सामाजिक सञ्जालमा सक्रिय शाहले आइतबार बिहान फेसबुकमार्फत् जनताको भरोसाप्रति विश्वास गरेका हुन्। कवितात्मक शैलीमा उनले कुनै राजनीतिक स्वार्थ र झुटो अभियान नभएर यो सरकारले जनताको भरोसामा पहिचान खोजेको बताएका हुन् ।
उनले देश बनाउने सपनामा जुटेको र नेपाल भन्दा माथि कुनै सम्मान नभएकोसमेत प्रष्ट पारेका छन्।
प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको जिम्मेवारी सम्हालेपछि शाहले सरकारको कामकारबाही र राजनीतिक वृत्तमा नागरिकको भरोसा टुट्न नदिने गरी काम भइरहेको संकेत गरेका छन्।
पछिल्लो समय राजनीतिक दल र नेताहरूमाथि जनआक्रोश बढिरहेका बेला शाहको यो भनाइ सार्वजनिक भएको हो।