काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १२६ जना घाइते भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी तीन जनाको ज्यान गएको छ । यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमध्ये मधेश प्रदेशमा ४२ जना, कोशी प्रदेशमा ३१ जना, बागमतीमा १५ जना, सुदूरपश्चिममा १३ जना, कर्णालीमा ८ जना तथा लुम्बिनी प्रदेशमा पाँच जना रहेका छन् । गण्डकी प्रदेशमा भने उक्त अवधिमा मानवीय क्षति वा घाइतेको घटना नभएको प्रहरीले जनाएको छ ।