काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्यायलाई नियुक्त गरेकी छन् ।
शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत डा. उपाध्यायलाई विभागको नेतृत्वको जिम्मेवारी दिइएको हो । उनी यसअघि नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशकका रूपमा कार्यरत थिए । स्वास्थ्य मन्त्रालयमा आयुर्वेदतर्फ ११औँ तहका एकमात्र अधिकारी रहेका डा। उपाध्यायले अब विभागको नेतृत्व सम्हाल्ने भएका छन् । यसअघि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी १०औँ तहका डा। श्यामबाबु यादवले सम्हाल्दै आएका थिए । डा. उपाध्याय विभागमा सरुवा भएपछि नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशक पद भने हाल रिक्त रहेको छ । मन्त्रालयले उक्त जिम्मेवारी कसैलाई तोकेको छैन ।