काठमाडौँ । चलचित्र काजी को ट्रेलरबारे आयोजित समीक्षात्मक कार्यक्रममा कलाकारहरूले यसको कथा र पात्रबारे आ–आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
कार्यक्रममा अभिनेता विपिन कार्की ले ‘काजी’ पात्रलाई आदर्श बोकेको पुरुषका रूपमा चित्रण गरिएको बताएका छन् । उनका अनुसार यो फिल्ममा देखाइएको काजी पात्र पुरानो परिचित क्यारेक्टरभन्दा फरक स्वरूपमा प्रस्तुत गरिएको छ, जसले पारिवारिक र सामाजिक मूल्यलाई प्रतिनिधित्व गर्छ । त्यस्तै अभिनेत्री केकी अधिकारी ले फिल्मले परम्परागत शैलीभन्दा फरक ढंगले कथा प्रस्तुत गरेको बताइन् ।
उनका अनुसार ‘काजी’ को कथा माया र विश्वासमा आधारित छ, जसले भावनात्मक पक्षलाई विशेष रूपमा उजागर गरेको छ । चलचित्रमा विपिन कार्की ‘काजी’ र केकी अधिकारी ‘कजिनी’को भूमिकामा देखिएका छन् । निर्माण पक्षका अनुसार फिल्ममा प्रेम, सम्बन्ध र सामाजिक मूल्यलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरिएको छ ।