काठमाडौँ । नेपाली चलचित्र एक मुठी बादल को ग्राण्ड प्रिमीयर बुधबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टर मल मा सम्पन्न भएको छ ।
प्रिमीयर कार्यक्रममा चलचित्रका कलाकार तथा फिल्मकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी अभिनेत्री आँचल शर्मा ले ‘एक मुठी बादल’ आफ्नो करिअरका लागि विशेष अनुभव बनेको बताइन् । करिब साढे १० वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेकी उनले यस फिल्ममा काम गर्न पाउँदा आगामी नयाँ प्रोजेक्टका अवसरसमेत खुल्दै गएको उल्लेख गरिन् । उनले चलचित्रको टिमसँगको सहकार्य र छायांकन अवधिको अनुभवप्रति पनि खुसी व्यक्त गरेकी छन् ।