काठमाडौं । सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय मुस्तकिम मियाँ छन्।
उनी बहालवाला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा चालकको नियुक्ति पाएका युवा हुन् । उनलाई सोमबार राजविराज नगरपालिका–८ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मुस्तकिम मियाँसहितको समूहले एक युवकलाई अपहरण गरी सुनसान स्थानमा लगेर शरीर बन्धक बनाएको, कुटपिट गरेको तथा कपडा खोली नग्न बनाई भिडियोसमेत बनाएको आरोप छ।