काठमडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी की सांसद खुस्बु ओलीले सुकुम्बासी बस्ती हटाउने क्रममा देखिएको सरकारी व्यवहारप्रति गम्भीर आपत्ति जनाएकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुकुम्बासी बस्ती व्यवस्थापन आवश्यक भए पनि डोजर चलाएर बस्ती ध्वस्त पारिएपछि मात्रै प्रक्रिया रोकिएको र त्यसपछि दुईजनाले आत्महत्या गर्न बाध्य भएको बताइन् । ओलीले ती घटनापछि पनि सरकारले कुनै समवेदना नजनाएको भन्दै आलोचना गरिन् । उनले सरकार सामान्य भुईँमान्छेबाट टाढा रहेको टिप्पणी गर्दै गरिबको मृत्युलाई बेवास्ता गरिएको आरोप लगाइन् । उनका अनुसार मृत्युको पनि वर्ग र जात हुने जस्तो व्यवहार देखिएको छ, जहाँ गरिबको जीवन र मृत्युप्रति राज्य संवेदनशील नभएको देखिन्छ । उनले उक्त घटनालाई नीतिगत मात्र नभई गम्भीर मानवीय असफलता भन्दै राजनीतिक तथा नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताइन् ।